कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, बनकट्टीस्थित तिलक भट्टको घरमा बिहीवार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विद्युत् सट भई भएको आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, फर्निचर, बोरिङ पाइप, काठ लगायतका सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।











