कञ्चनपुर / कञ्चनपुरबाट चोरी र कृते मुद्दामा फरार दुई जना अभियुक्त पक्राउ परेका छन्।
बेलौरी नगरपालिका–१, उभियाफाँटाका ७१ वर्षीय केदार सिंह खड्कामाथि चोरी अभियोगमा जिल्ला अदालत कञ्चनपुरले ५ दिन कैद र २,०४४ रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै, दोधारा चाँदनी नगरपालिका–५, इन्द्र टोलका ३२ वर्षीय टेकबहादुर सुनारलाई कृते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाइएको थियो।
फैसलापछि फरार रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर अन्तर्गतको प्रहरी टोलीले पक्राउ गरेको हो।











