डोटी, २०८२ वैशाख २२ — डोटी जिल्लामा क्षमता भन्दा बढी यात्रु बोकेर ट्राफिक नियमको उल्लंघन गर्ने बोलेरो जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सनिवारदेखि फरार रहेका जिल्लाकाे जोरायल गा.पा.–४ वाजीलेक निवासी २५ वर्षीय चालक खगेन्द्र थापालाई प्रहरीले खोजी कार्य गरेपछि आज साेमबार बिहान ८ बजे के.आई. सिंह–४ गारडी गाउँबाट नियन्त्रणमा लिइएको हो।
सनिवार बिहान १० बजेकाे समयमा के.आई. सिंह गाउँपालिका–५ तुसारा खोलाबाट राजपुरतर्फ गइरहेको सु.प.प्र. ०१–००१ च २७१४ नम्बरको बोलेरो जिपले निर्धारित क्षमताभन्दा बढी यात्रु बोकेको देखिएपछि चालकलाई सम्झाउने प्रयास गरिएको थियो। तर चालक फरार भएपछि प्रहरीले निगरानी गरेकाे थियाे ।
हाल उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीको लागि प्रहरी चौकी वायलमा राखिएको छ।











