कैलाली /कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक धनगढीबाट बझाङतर्फ जाँदै गरेको बस र डडेल्धुराबाट धनगढी आउँदै गरेको ईभी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका छन्।
दुर्घटनामा ईभीका चालक २६ वर्षीय कमल धामी, डडेल्धुराको पर्शुराम नगरपालिका–१२ की ९ वर्षीया प्रतीक्षा सिजामगर, र कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि धनगढी लिएकाे छ ।
सुदूरपश्चिम प्रदेश ०२००१ ख १२५२ नम्बरको बस र ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
बस र ईभी दुबैमा क्षति पुगेको जनाइएको छ। घटनास्थलमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











