धनगढी — चोरी मुद्दामा अदालतबाट सजाय सुनाइएपछि लामो समयदेखि फरार रहेका धनगढी उपमहानगरपालिका–८ का २९ वर्षीय करन राना अन्ततः घरमै लुकेका अवस्थामा पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीले रानालाई ४ महिना २९ दिन कैद सजाय सुनाएको थियो। उक्त फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शुक्रबार बिहान घरमै छापा मारेर पक्राउ गरेको हो।











