कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार रहेका चार जना सजाय भुक्तान नगरेका अभियुक्तहरूलाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये लागूऔषध सम्बन्धी मुद्दामा तीन महिनाको कैद तोकिएका वेदकोट नगरपालिका–६ सिसैयाका २४ वर्षीय निश्चल केसी र २५ वर्षीय प्रदिप मार्कण्ड भण्डारी रहेका छन्।
यस्तै, सवारी ज्यान मुद्दामा सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ बाणीका २३ वर्षीय अनिल चौधरी र कृष्णपुर–७ का ३८ वर्षीय भोजराज डगौरा पनि प्रहरीको फन्दामा परेका छन्।
प्रहरी टोलीले उनीहरूलाई बिहीवार विशेष सुराकीका आधारमा विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले जनाएको छ कि पक्राउ परेकाहरूलाई अब कानुनी प्रक्रिया पुर्याएर सजाय कार्यान्वयन गरिनेछ।











