
डोटी, वैशाख १० – डोटीको जोरायल गाउँपालिका–१ स्थित गोल्डेन नजिक भीमदत्त राजमार्गमा मंगलबार बिहान भएको मिनिट्रक दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएकोमा थप दुई जना मृत्युको पहिचान खुलेकाे छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका–२, मलेना निवासी अन्दाजी ३३ वर्षीय चालक अर्जुन धामी, साेही ठाउँका क्रमशः अन्दाजी ४२/४३ वर्षीय उज्जल जाग्री, र अन्दाजी ४०/४१ वर्षीय जगत धामी रहेका छन्। उनीहरू तीनै जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको मिनिट्रक (सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८) अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेपछि उक्त दुर्घटना भएको हो। ट्रकले खाद्यान्न तथा अन्य खुद्रा सामग्री बोकेको थियो।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।