
सिलगढी/ शिक्षक आन्दोलन चर्किएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्न निर्देशन दिएपछि बोर्डले आकस्मिक बैठक बसी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले बोर्ड अध्यक्ष महाश्रम शर्मालाई परीक्षा तत्काल सार्न निर्देशन दिएका थिए।
बोर्डको निर्णय सार्वजनिक हुनुअघि नै धेरै विद्यार्थी परीक्षा केन्द्रमा उपस्थित भइसकेका थिए। अचानक परीक्षा स्थगनको सूचना पाएपछि उनीहरू निराश बनेका छन्। अभिभावक तथा विद्यार्थीले परीक्षा तयारीका लागि गरिएको समय, श्रम र लगानी खेर गएको भन्दै गुनासो व्यक्त गरेका छन्।