डोटी, बैशाख ९ – डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ गोसेडामा एक महिला छतबाट लडेर घाइते भएकी छन्।
साेही ठाउँकी ३५ श्रीमती ललिता कामी साेमबार ९ बजे आफ्नै एकतले पक्की घरको छतबाट लड्दा टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय दिपायल डोटीले जनाएको छ।
घाइते महिलालाई तत्कालै राति साढे १० बजे शैलेश्वरी अस्पताल दिपायलमा लगिएको र उपचार भैरहेकाे जनाएको छ । हाल उनको अवस्था मध्यम रहेको बताइएको छ।











