
डोटी, २०८२ बैशाख ३ –
डोटी जिल्लाको जोरायल गाउँपालिका–२, रुबसकाँडा स्थित भिमदत्त राजमार्गमा आज दिउँसो करिव १ बजेकाे समयमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुप्र ०१–००१ ज १५४६ नम्बरको इभी हाईसले धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप्र ०१–००८ प १७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैतडी पाटन नगरपालिका–७ निवासी २६ वर्षीय दिनेश ब. चन्द घाइते भएका हुन्।
घाइते चन्दको दायाँ हात र खुट्टामा चोट लागेपछि उनलाई तत्कालै उपचारका लागि नजिकैको बुडर स्वास्थ्य चौकीमा पठाइएको इलाका प्रहरी कार्यालय बुडर डाेटीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय बुडरबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। हाल दुबै सवारी साधन र हाईस चालक २३ वर्षीय जनक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।