
सिलगढी, चैत ३१
डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका १ श्रीखोलीमा आपसी विवादका कारण झैझगडा हुँदा २ जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
आज आइतबार साढे १ बजेकाे समयमा आपसी विवाद भएपछि घाइते हुनेमा साेही ठाउँका ३५ वर्षीय प्रेम कामी र साेही ठाउँकै ४५ वर्षीय कबिराज कामी रहेका छन् ।
घाइते प्रेम कामीको दाँया हातको नाडी भाँच्चीएको छ भने कबिराज कामीको टाउको र दुबै खुट्टामा चोट लागेकाे छ । घाइते दुबै जनाएको शैलेश्वरी अस्पाताल पिपल्ला डोटी उपचार भैरहेको डाेटी प्रहरी स्राेतले जनाएको छ ।
घटनामा प्रहरी सहायक निरीक्षक धन बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली खटेर स्थानीय १७ वर्षीय किशाेर योगेन्द्र बहादुर कामीलाई नियन्त्रण लिएकाे छ ।