डोटी, चैत २९
बाल विवाह मुद्दामा जिल्ला अदालत डोटीबाट १ वर्ष ५ महिना ९ दिन कैद सजाय सुनाइएका डाेटीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाकाे जोरायल गाउँपालिका–३ ब्रहम निवासी ५५ वर्षीय तिलक ओलीलाई २०७८ साल कात्तिक २८ गते अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।
डोटी जिल्लाको जोरायल स्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक भरत रोकायाको कमाण्डमा खटिएको टोलीले बिहिवार साँझ करिव ६ बजेकाे समयमा जोरायल गाउँपालिका–३, चनकट्टे बजारबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेपछि उनलाई आज शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय डोटीमा उपस्थित गराई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।











