युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

दार्चुला, मालिकार्जुन — मालिकार्जुन गाउँपालिका–३ अन्तर्गत मल्बाव क्षेत्रका दुई सामुदायिक वन — धौखानी र कौलासैन — हाल तीव्र अतिक्रमण र वन फडानीको समस्यामा परेका छन्। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन शैल्यशिखर क्षेत्र समेत वन विनाशको चपेटामा परेको छ।

स्थानीय बासिन्दा अनिल सिंह धामीका अनुसार, सामुदायिक वन संरक्षणको जिम्मा उपभोक्ता समितिलाई दिइए पनि चोरी–सिकारी, फडानी र अतिक्रमण रोकिएको छैन। संरक्षण कार्यमा संलग्न कौलासैन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेश सिंह धामी भन्छन्, “स्थानीयहरूमै संरक्षणको चेतना नहुनु, र वन अध्यक्षकै जिम्मेवारी जस्तो बुझिनु, समस्याको मुख्य जड हो।”

धौखानी सामुदायिक वनका अध्यक्ष ज्ञान सिंह धामीले पनि वन क्षेत्र निरन्तर अतिक्रमणमा परेको र पटक–पटकको आग्रह बेवास्ता गरिएको बताएका छन्। “जग्गा सँगै जोडिएको भन्दै वनको भू–भाग निजीकरण गर्ने प्रवृत्ति बढ्दो छ,” उहाँले भने।

समस्याबारे सम्बन्धित निकायमा जानकारी गराइसकिएको भए पनि प्रभावकारी कदम अझै नउठिएको गुनासो समितिहरूको छ। केही समयअघि उपभोक्ता समितिले औपचारिक बैठक गरी अतिक्रमण रोकिन आग्रह गरे पनि स्थानीय स्तरबाटै फडानी र चरिचरन जारी रहेको अध्यक्षहरूको भनाइ छ।

यस सम्बन्धमा डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीदत्त जोशी ले निरीक्षण टोली पठाइ समस्या समाधान गरिने बताएका छन्। समस्या रहेको क्षेत्र महाकाली सव–डिभिजन अन्तर्गत परेकाले त्यहाँबाट टोली खटाइने उनले बताए।

त्यस्तै, महाकाली सव डिभिजन वन कार्यालयका फरेस्टर मान बहादुर नाथ ले वन फडानी र अतिक्रमणमा संलग्नलाई कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय