डोटी, चैत २९ –
डोटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका–५ चिसापानीबाट एक पुरुष हराएका छन्।
दिपायलस्थित इलाका प्रहरी कार्यालयका अनुसार अछाम मेल्लेख गाउँपालिका–७ निवासी ४५ वर्षीय टेक बहादुर साउँद हराएका हुन्। उनी भारतबाट घर फर्किने क्रममा धनगढीबाट अछामतर्फ जाँदै गरेको ना ५ ख ४७३ नम्बरको यात्रुबसमा सवार थिए।
सुप अन्लाईनलाई प्राप्त जानकारी अनुसार आज बिहान करिब ४:०० बजे चिसापानी नजिकैको स्थानमा पिसाब फेर्ने भन्दै बस रोकिएपछि उनी अन्य यात्रुसँगै बाहिर निस्केका थिए। तर लामो समयसम्म बस फर्केर नआएपछि चालक, बस स्टाफ तथा यात्रुले खोजी गरे पनि उनी फेला परेनन्।
उनका काका का छोरा भान बहादुर साउँदले बिहान ५:१५ बजे इलाका प्रहरी कार्यालय दिपायलमा जानकारी गराएपछि
आफन्त स्रोतले मानिस हराएकाे सूचना प्राप्त गराएपश्चात डाेटी प्रहरी निरीक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा पाँच जना प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।
प्रहरीले टेक बहादुर साउँदको खोजी कार्य तीव्र बनाइएको र थप विवरण संकलन भइरहेको जानकारी दिएको छ।











