डोटी, चैत २८ – डोटी जिल्लाको शिखर नगरपालिका–५ र ७ को सिमानामा अवस्थित छेडाइगाड खोलाको तलाउमा नुहाउने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डुबेर बेपत्ता हुनेमा शिखर नगरपालिका–४ बनौली निवासी गणेश महराका १९ वर्षीय छोरा नरेश महरा रहेका छन् ।
आज दिउँसो करिब २:३० बजेको समयमा आफन्तको विवाहको निमन्त्रणा वितरण गर्न वडा नं. ५ र ७ गएका थिए। निमन्त्रणा वितरण गरी फर्किने क्रममा उनी खोलाको तलाउमा नुहाउने क्रममा अचानक बेपत्ता भएका प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा ती युवकको खोजीकार्य जारी रहेको प्रहरी कार्यालयले जनाएको छ।











