डाेटी, चैत २८ गते
डोटीको सायल गाउँपालिका–६, दल्लेखमा गएराति चट्याङ पर्दा एक आमाको ज्यान गएकाे छ भने उनका छाेराछाेरीहरूसहित सात जना घाइते भएका छन्।
स्थानीय लहरी नागरीको घरमा परेको चट्याङले उनकी श्रीमती, करिब ३२/३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरीले कार्यालय डाेटीले जनाएको छ ।
उक्त चट्याङबाट लहरी नागरीका चार नाबालक छोराछोरीहरू पनि घाइते भएका छन्। घाइते १० वर्षीया तारा नागरी, ८ वर्षका अविशेक नागरीको टाउको जलेको छ भने दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै ६ वर्षका अबि नागरी र ३ महिनाका शंकर नागरीको टाउकोमा चोट लागेको छ भने अवस्था सामान्य छ ।
त्यस्तै, लहरीका आफन्त घाइते हुनेमा ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई, ६ वर्षीया खुशी नागरी रहेका छन् । यी सबैको अवस्था सामान्य रहेकाे छ ।
घाइतेहरूकाे जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।











