डोटी, चैत २७ –
डोटी जिल्लाको बडिकेदार गाउँपालिका–२, बर्छेनमा आज बिहान एक किशोरी रुखबाट लडेर घाइते भएकी छिन्। स्थानीय सेर बहादुर सार्कीकी छोरी अन्दाजी १४/१५ वर्षीया सिर्जना सार्की घर नजिकैको जङ्गलमा बाँजको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार आज बिहान करिब ९:०० बजेकाे समयमा किशोरी लड्दा उनको टाउको, हात र ढाडमा चोट लागेको छ।
सिर्जनालाई तत्काल उपचारका लागि नवजीवन अस्पताल, धनगढी कैलाली पुर्याइएको र हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ।











