डोटी, चैत २६।
डोटीको पिपल्ला बजारमा बोलेरो जिपको ठक्करबाट एक १८ वर्षीय किशोर घाइते भएका छन्। मङ्गलबार साँझ करिब ४ः३० बजे दिपायलबाट आदर्शतर्फ जाँदै गरेकोलु.प्र. ०१–००० च १३८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा आदर्श गाउँपालिका–५, लामिखालका १८ वर्षीय कृष्ण नागरी घाइते भएका हुन् ।
जिपकाे ठक्करबाट नागरीको बायाँ खुट्टामा चोट लागेकाले उनलाई तत्काल शैलेश्वरी अस्पताल, दिपायलमा उपचारका लागि पुर्याइएको र हाल उनको अवस्था सामान्य रहेको डाेटी प्रहरीको भनाइ छ।
जिप र चालक आदर्श गाउँपालिका–२, मौवाका २३ वर्षीय दीपक राज ओझालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











