धनगढी, चैत २३ – कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–९ मा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिएर एक महिलाको खुट्टा काटिएकाे छ । साेही ठाउँ ३५ वर्षीया कला थापा थ्रेसरमा बेरिएर गम्भीर घाइते भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार थ्रेसिङको क्रममा थापाको दाहिने खुट्टा थ्रेसरमा बेरिँदा तीघ्रादेखि नै छुटिएको छ।
घाइते थापालाई उपचारका लागि तत्काल नेपालगञ्जस्थित नर्सिङ होम अस्पतालमा लगिएको छ। हाल उनको अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।











