डोटी, चैत २३
डोटीको जोरायल गाउँपालिका–१ स्थित गैरा बजार नजिकै भीमदत्त राजमार्गमा आज (शनिबार) बिहान एक हाईस दुर्घटनामा परेको छ।
धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ज ०४७२ नम्बरको इभी हाईस बिहान करिब साढे ४ बजे अनियन्त्रित भई सडक किनारकाे नालीमा पल्टिएको डाेटी प्रहरीले जनाएको छ।
दुर्घटनामा सवारीसाधनको दायाँ भाग र बायाँ ढोकामा क्षति पुगेको छ। यद्यपि, मानवीय क्षति भने नभएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि चालक फरार रहेका कारण उनको परिचय हालसम्म खुल्न सकेको छैन।
हाल फरार चालकको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी चौकी घण्टेश्वर, डोटीले जानकारी दिएको छ।











