डोटी – डाेटीकाे पुर्वीचौकि गाउँपालिकाका सामुदायिक विद्यालयहरूको आधारभूत तह कक्षा ८ को नतिजा आज शुक्रबार सार्वजनिक भएको छ।
सुप अन्लाईनलाई प्राप्त सूचनाअनुसार सबैभन्दा उत्कृष्ट नतिजा पुर्विचौकि गाउँपालिका वडा नम्बर २ वाडी अबस्थित भारताेली माध्यमिक विद्यालयले हासिल गरेको छ। उक्त विद्यालयका २३ जना परीक्षार्थीमध्ये १९ जना उत्तीर्ण भई ८२.२% उत्तीर्ण दर प्राप्त भएको छ।
त्यसकाे विपरित, सबैभन्दा कम नतिजा पुर्वीचौकि गाउँपालिका ७ गजडाको भवानी आधारभूत विद्यालयकाे आएको छ, जहाँ १५ जना परीक्षार्थीमध्ये मात्र २ जना (१३.३%) उत्तीर्ण भएका छन्।
गत वर्ष ४८८ जना परीक्षार्थीमध्ये मात्र १२१ जना (२४.७९%) उत्तीर्ण भएका थिए, जुन तुलनात्मक रूपमा यस वर्ष सुधार छ ।
गाउँपालिकामा २०८१ फागुन २६ देखि चैत्र ५ गतेसम्म सञ्चालन भएको परीक्षामा १४ विद्यालयका ४६७ विद्यार्थी सहभागी भएका थिए, जसमा २०५ जना (४३.७%) उत्तीर्ण भएका छन्।
गत वर्षको तुलनामा यस वर्षको शैक्षिक सुधार सन्तोषजनक देखिएकाे गाउँपालिकाले जनाएको छ ।











