डाेटी /डोटीको बोगटान फुड्सिल गाउँपालिका–१, छतिवनमा आगलागी हुँदा ठूलो क्षति भएको छ।
बिहिवार राति साढे सात बजेकाे समयमा साेही ठाउँ उज्वल साउदको काठको खरले छाएको दुई तले कच्ची घर माथिल्लो तलामा खाना पकाउने क्रममा अचानक आगलागी भएको हो। आगोको झिल्का छानामा परेर सल्किएपछि पूरै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
आगलागीका कारण तल्लो तलामा बाँधिएका दुई वटा गोरु घाइते भएका छन्। साथै, घरभित्र रहेका खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, सोलार प्यानल (१ थान) र नगद २०,००० रुपैयाँ जलेर पूर्ण रूपमा नष्ट भएको छ। यद्यपि, कुनै मानविय क्षति भने नभएको प्रहरीकाे भनाइ छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।
आगलागी स्थानीयबासी र प्रहरीको प्रयासमा नियन्त्रणमा लिइएको हाे ।











