कैलाली /कैलाली लागूऔषध ओसारपसार गर्दै गरेका दुई जना प्रहरीको फन्दामा परेका छन्। धनगढी उपमहानगरपालिका–११, बेलाबाट ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित २५ वर्षीय मुन्ना (आशाराम चौधरी) बिहीबार साँझ पक्राउ परेका छन्। उनलाई अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलको टोलीले नियन्त्रणमा लिएको हो।
धनगढी उपमहानगरपालिका–३ बाट ब्राउनसुगर जस्तो देखिने करिब ३ ग्राम लागूऔषध सहित गोदावरी नगरपालिका–८ का २३ वर्षीय महेन्द्र शाही पक्राउ परेका छन्। उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो।
प्रहरीले दुवै अभियुक्तलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको छ।











