कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासालबाट भन्सार छली गरी ल्याइएका ४४ हजार १६० रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ।
अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याइएका कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।











