
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (टियु) केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दीपराज जोशी निर्वाचित भएका छन्। उनले अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई ८ मतले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
जोशीले ७८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ र अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका थिए। कुल ३,११८ मत खसेको निर्वाचनमा तीव्र प्रतिस्पर्धापछि नेविसंघले सभापतिको पद सुरक्षित गर्न सफल भएको हो।
यद्यपि, अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्। टियु प्रशासनका अनुसार सचिवमा अनेरास्ववियुका हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा विजयी भएका छन्।