बाजुरा – बाजुरामा बाघकाे आक्रमणबाट एउटा बालककाे मृत्यु भएकाे छ । जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–३, धुरतोला निवासी दिल्लीबहादुर रावतका ८ वर्षीय छोरा बिजय रावतको बाघको आक्रमणमा परी मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बालकलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको छानो (गोठ)को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरेको थियो। आक्रमणपछि बाघले बालकलाई करिब १५० मिटर घिसारेर छोडेको पाइएको छ। घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीको भनाइ छ।
स्थानियवासीले वन्यजन्तु आक्रमण रोक्न सुरक्षा उपायहरू मजबुत बनाउन माग गरेका छन्।











