काठमाण्डौ केहि महिना यता मुलुक भरमा ३ जनाको प्रहरी हिरासतमा मृत्यु भए पछि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले सबै घटनाको अध्ययन गर्ने भएको छ ।
सुदुरपश्चिमको कैलाली, प्रदेश २ को धनुषा र रौतहटमा प्रहरी हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएपछि निज मृतकहरुका परिवारले विरोध प्रदर्शन गर्दै आए पछि संसदिय समितिले अध्ययन गर्ने भएको हो ।
बिहीबार बसेको बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको कानुन, न्याय तथा मानव अधिकार समितिले जनाएको छ ।