समिक्षा आचार्य काठमाण्डौ / आज बिहीबार मुलुकभर थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना डिस्चार्ज भए संगै नेपालमा संक्रमण पछि डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । त्यस्तै मुलुकभरमा विहिबार सम्म सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ जना रहेका छन् ।