कैलाली / कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय राम बहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी पूजा सार्की साथीहरुसँग नदीमा नुहाउन गएकी थिइन्। नुहाउने क्रममा पानीमा डुबेकी पूजा गम्भीर घाइते भएकी थिइन्।
स्थानीयले उनलाई उद्धार गरी मालाखेती अस्पताल पुर्याएका थिए। तर, उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।











