अछाम – बिजुलीको करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।
बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना, चन्डालीकी १८ वर्षीया सुनिता कडायतको बाख्रा चराउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीका अनुसार बाख्रा चराएर घर फर्कने क्रममा बिजुलीको तार चुँडिएर फलामको खम्बामा करेन्ट प्रवाह हुँदा कडायतलाई करेन्ट लागेको हो।
घरबाट करिब ८०० मिटर टाढा खरबारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर उनी सोमबार राति करिब ७ बजेतिर जलेको अवस्थामा फेला परेकी थिइन्।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।











