युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा किरणकुमार ठगुन्नाको विस्फोटक शतकको मद्दतले सुदूरपश्चिम प्रदेशले तेस्रो जित हासिल गरेको छ।

आइतबार दाङको लमहीमा सम्पन्न खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले पराजित गर्यो। यो जितसँगै सुदूरपश्चिमले आठ खेलबाट तीन जित निकाल्दै आफ्नो स्थिति मजबुत बनाएको छ भने कोशीले आठ खेलमा मात्र एक जित दर्ता गर्न सकेको छ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि किरणकुमार ठगुन्नाले शानदार शतक प्रहार गरे। छैटौं नम्बरमा ब्याटिङ गरेका उनले ९१ बलमा १२ चौका र ४ छक्कासहित ११५ रन बनाए। यो सिजन किरणको दोस्रो शतक हो, जसले उनलाई त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीको कीर्तिमानसँग बराबरी गराएको छ। भण्डारीले अघिल्लो सिजन एकै प्रतियोगितामा दुई शतक प्रहार गरेका थिए।

किरणको उत्कृष्ट प्रदर्शनका बावजुद अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। सुदूरपश्चिमले निर्धारित ५० ओभरमा २४२ रन बनायो। कोशीका बलर ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए भने फिर्दोस अन्सारी र अंकित सुवेदीले २–२ विकेट लिए।

२४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमै २११ रनमा अलआउट भयो। कोशीका लागि शकिब हकले सर्वाधिक ६२ रन बनाए भने अंकित सुवेदी र समितर काकीले समान ३८–३८ रन जोडे। आइश भट्टराईले पनि ३६ रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका सूर्य श्रेष्ठले ३ विकेट लिए भने भोटराज भट्टले २ विकेट हात पार्दै टिमलाई जित दिलाए।

जारी प्रतियोगितामा तेस्रो शतक

प्रधानमन्त्री कप २०२५ मा अहिलेसम्म तीन शतक प्रहार भएका छन्। किरणकुमार ठगुन्नाले यसअघि गण्डकीविरुद्ध १२१ रन बनाएका थिए भने त्रिभुवन आर्मीका ओपनर तृतराज दासले पनि कोशीविरुद्ध ११२ रनको शतक बनाएका थिए।

अघिल्लो सिजन १० शतक प्रहार भएकोमा यो सिजन हालसम्म तीन शतक मात्र प्रहार भएका छन्। आगामी खेलहरूमा अझ रोमाञ्चक प्रदर्शन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय