डोटी, २०८१ चैत ९
डोटीको दिपायल सिलगढी नगरपालिका–७, उडीतोलामा शनिबार बिहान करिब ११ बजे टिप्परमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र.०१००१ क २४२१ नम्बरको टिप्पर पहलमान सिंह राजमार्गमा बालुवा अनलोड गर्ने क्रममा आगलागी भएको हो।
प्रहरीका अनुसार टिप्पर दिपायलबाट सडक निर्माणका लागि बालुवा लिएर गएको थियो। अनलोड गर्ने क्रममा हाइड्रोलिक डाउन गर्दा टिप्परको अगाडिको भाग विद्युतको मुख्य लाइनको तारमा छोइएपछि आगलागी भएको बताइएको छ।
आगो लाग्दा टिप्परका अगाडिका दुवै टायर र वायरिङ तार जलेका छन्। यद्यपि, घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
टिप्पलर साेही ठाउँ करिव २६ वर्षीय जीवन काेलीले चलाएकाे थियाे ।











