अछाम / अछाममा बहुविवाह कसुरमा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । साेमबार जिल्लाकाे तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ चिसि बस्ने २४ बर्षकी तुलसी बुढालाई तुर्माखाँदबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।
बुढाविरूद्व बहु बिवाह कसुरमा २०८१ असार ६ गते १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३ सय ३३ रुपैया जरिवाना अदालतले तोकिएको थियाे । अछाम प्रहरीकाअनुसार बुढालाई जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ ।
पक्राउ परेकी महिलासँग बहु बिवाह गर्ने पुरुष भने अझै फरार रहेका छन् ।











