युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी । जिल्लाका विभिन्न विद्यालयले होली खेलेर संकलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् ।

निजी स्रोतका शिक्षकहरूको तलबको जोहो गर्नकै लागि होली खेलिएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
चार दिनसम्म होली खेलेर तीन लाख १८ हजार ८५० रुपैयाँ संकलन भएको अध्यक्ष भाटले बताए । भने, ‘स्थानीय संस्कृतिको संरक्षण र विद्यालय सञ्चालनका लागि होली खेलेका छौंँ, संकलित रकम शिक्षकको तलब र शैक्षिक सामग्री खरिदमा खर्च गरिनेछ ।’ कक्षा १० सम्मको पढाइ हुने सिद्धेश्वर माविमा निजी स्रोतका शिक्षक रहेकाले उनीहरूको तलब व्यवस्थापनका लागि हरेक वर्ष होली खेल्ने गरिएको छ ।

यस्तै पाटन नगरपालिका–१ स्थित सिद्धेश्वर मावि मेलचौराले होली खेलेर तीन लाख ३० हजार ६५७ रुपैयाँ संकलन गरेको छ । उक्त रकम विद्यालय सञ्चालनमा खर्च गरिने जनाइएको छ । पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी संकलन गरेको छ । संकलित रकम विद्यालयमा शैक्षिक सामग्री किन्न खर्च गरिने प्रधानाध्यापक लोकराज भट्टले बताए ।

पाटन नगरपालिका– २ स्थित सिद्धनाथ मावि सिलङ्गाले ७९ हजार २३५ रुपैयाँ संकलन गरेको छ । जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडालगायतले पनि यस वर्ष होली खेलेर रकम संकलन गरेका छन् ।

केदारनाथ होली कमिटि श्रीकोट, जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाज, सैंपाल होली कमिटिलगायतका संघ संस्था, क्लब र समूहले होली खेलेर रकम संकलन गरेका छन् ।

होलीबाट संकलन गरिएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने केदारनाथ होली कमिटी श्रीकोटका अध्यक्ष गणेश विष्टले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय