युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

ऐनेन्सी, इजिप्टको राजधानी कायरोमा गाजा युद्धविरामको विषयमा वार्ता हुँदै गर्दा इजरायलले शनिबार राति गाजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गर्दा तीन जना पत्रकार र ६ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, इजरायली हवाई आक्रमणमा परी अरू धेरै जना गम्भीर घाइते भएका छन् । इजरायलले गरेको हवाई आक्रमण एउटा कारमा परेको थियो । जसमा कारभित्र रहेका र बाहिर रहेकाहरूको मृत्यु भएको हो ।

‘सो कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदै थिए । सोही कारमा केही रिपोर्टर र फोटो पत्रकारहरू पनि सवार थिए । उनीहरू सबैको मृत्यु भएको छ,’ रोयटर्सले लेखेको छ ।

उता, इजरायली सेनाले विज्ञप्ति जारी गरेर बेइत लाहियामा दुई ‘आतंककारी’लाई निशाना बनाइएको उल्लेख गरेको छ । उनीहरू ड्रोन हमलावर भएको र ड्रोनलगायतका उपकरणहरू बोकेर गाडीमा छिरेको इजरायली सेनाको दाबी छ । सेनाका लागि उनीहरू खतरा हुन सक्ने आँकलन गरेर उनीहरूमाथि आक्रमण भएको इजरायली सेनाले प्रष्टीकरण दिएको रोयटर्सले जनाएको छ ।

हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले पनि इजरायलको यो भनाइमा कुनै सत्यता नभएको. जनाएको छ ।

गाजा सरकारी मिडिया कार्यालयकी प्रमुख सलमा मारौफले सेनाको उक्त दाबीलाई अस्वीकार गर्दै भनेकी छिन्, ‘उक्त टोली सर्वसाधारणहरूको समूह हो जसले विभिन्न शिविरहरूमा मानवीय सहायतासम्बन्धमा च्यारिटीहरूमा काम गर्छन् । उनीहरू निषेधित क्षेत्रमा पनि थिएनन् र इजरायली सेनाले भनेजस्तो उनीहरूलाई खतरा पैदा हुने गतिविधिमा पनि संलग्न थिएनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय