
सिलगढी / डाेटीमा भरूवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
शुक्रबार जिल्लाकाे शिखर नगरपालिका वडा नं. ७ उजेलि गाँउ बस्ने ३८ वर्षीय मान बहादुर कुवरलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । उनकाे घरमा एक नाले भरुवा बन्दुक छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले खाेजतलास गर्दा बन्दुक फेला पारेकाे हाे ।
बन्दुक प्रहरीले रितपूर्वक बरामद गरेकाे र कुवरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको डाेटी प्रहरीले जनाएको छ ।