युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ, चैत २ गते । नेपाली भाषा साहित्यमा लोकप्रियताको चुली चुमेको ‘बसाइँ’ उपन्यासका पर्याय लीलबहादुर क्षेत्री हामीबिच रहनुभएन । तथापि ‘बसाइँ’ को विम्ब र ‘ब्रह्मपुत्रको छेउछाउ’ सम्झना बनेर उहाँ नेपाली साहित्यमा सधैँ जीवितै रहनुहुने छ ।

१३ दिनअघि मात्रै साहित्य साधक लीलबहादुर क्षेत्रीले आफ्नो ९३ औँ जन्मोत्सव मनाउनुभएको थियो । माघ २३ मा घरभित्रै यताउता गर्ने क्रममा लडेर थला पर्नुभएका क्षेत्रीको प्राण बिहीबार राति यो धर्तीबाट सदाका लागि ब्रह्मपुत्रसँगै प्रवाहित भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ख्यातिप्राप्त साहित्यकार क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको’ बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा क्षेत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेख्नुभएको छ, “लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् ।”

भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’ बाट सम्मानित क्षेत्रीको ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै स्व. क्षेत्रीको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्नुभएको छ । “बसाइँ उपन्यासका सर्जक एवं मदन पुरस्कारबाट सम्मानित क्षेत्रीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवाजनमा समवेदना व्यक्त गर्दछु,” राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।

सन् १९३३ को १ मार्चमा गुवाहटी टकौबारीमा जन्मनुभएका क्षेत्रीको ‘बसाइँ’ उपन्यास २०१४ सालमा नेपालबाट प्रकाशन (मदन पुरस्कार पुस्तकालय) भएको थियो । त्योबेला उहाँ २४ वर्षको हुनुहुन्थ्यो । नेपालको पूर्वी पहाडी गाउँको कथाव्यथा र समाजको यथार्थलाई ‘बसाइँ’ मा बुनिएको छ । लामो समय त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा रहेको ‘बसाइँ’ उपन्यास त्यसैले पनि नेपाली पाठकले आफ्नै कथाव्यथा ठान्न पुगेका थिए ।

नेपाली समाजको सजीव चित्रण गरिएको ‘बसाइँ’ उपन्यास लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि सबैभन्दा बढी बिक्री हुने साहित्यिक कृतिमा पर्ने बताइन्छ । सो कृतिलाई माइकल हटले ‘माउन्टेन्स पेन्टेड विद टर्मरिक’ नाम दिएर अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ । सन् २००४ मा चौथो उपन्यासका रूपमा लीलबहादुरको ‘प्रतिध्वनिहरू विस्मृतिका’ प्रकाशन भएको थियो । उहाँका तीन दशक बीस अभिव्यक्ति, लीलबहादुरका कथाहरू, छरिएको बिस्कुन र दिल नफुक्ने गाँठो कथाकृति प्रकाशित छन् ।

उहाँका केही निबन्ध पनि प्रकाशित छन् । क्षेत्रीले नेपाली भाषाको साह्रोगाह्रो, पत्रकारिताको इतिवृत्त, पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य, झ्यारे पार्टीमा लाग्दा, सिमलको भुवालगायत केही नाटक लेख्नुभएको थियो ।

लीलबहादुरले साहित्यका धेरै विधामा हात हाल्नुभए पनि आख्यानमा नै उहाँको परिचय स्थापित छ । कथा, कविता, नाटक, निबन्ध र उपन्यासमा लीलबहादुरको सशक्त उपस्थिति देखिन्छ । त्यसो त लीलबहादुरलाई आफ्नो दोस्रो उपन्यास ‘अतृप्त’ निकै मन पर्दथ्यो । फ्रायडको मनोविश्लेषणवादी उपन्यास ‘अतृप्त’ लाई बसाइँ र ब्रह्मपुत्रको छेउछाउ जस्तो नेपालीभाषीले मन पराइदिएनन् । नेपाली पाठकले बेजोड मन पराइदिए, बसाइँ । उता भारतमा रहेका नेपालीभाषीले आञ्चलिकता बोकेको ‘ब्रह्मपुत्रको छेउछाउ’ बढी रुचाए । आञ्चलिकताको बेजोड नमुनाका रूपमा ब्रह्मपुत्रको छेउछाउ लीलबहादुरले लेख्नुभएको थियो । कामको खोजी र रोजीरोटीका लागि ब्रह्मपुत्रको छेउछाउ पुगेका नेपालीको कथाव्यथा बुनेर लेखिएको ‘ब्रह्मपुत्रको छेउछाउ’ नेपालमा पनि रुचाइएकै किताब हो ।

लीलबहादुरले नेपाल र भारतका प्रतिष्ठित पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको थियो । नेपालको जगदम्बाश्री पुरुस्कार र भारतकै प्रतिष्ठित मानिने पद्मश्री सम्मान प्राप्त गर्नुभएको थियो ।

नेपाली साहित्यको एउटा मानक बनेका क्षत्रीलाई नेपाली भाषाका पाठकले बिर्सन सक्ने छैनन् । नेपालीभाषी पाठकले सामाजिक यथार्थताको चित्रण खोज्ने क्रममा सधैँभरि ‘बसाइँ’ सरी नै रहने छन् अनि आञ्चलिकताको स्वाद खोज्दै गर्दा ‘ब्रह्मपुत्रको छेउछाउ’ तिर टहलिरहने नै छन् ।   गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय