
आज १५ मार्च। विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए। प्रस्तुत छ, इतिहासमा आज भएका विश्व चर्चित केही घटनाको सारसंक्षेप।
– सन् १९९०- मिखाइल गोर्बाचेभ सोभियत संघको राष्ट्रपति
सन् १९९० मा आजकै दिन मिखाइल गोर्बाचेभ सोभियत संघको राष्ट्रपति बने। उनी राष्ट्रपति बनेपछि आर्थिक र राजनीतिक सुधार हुनुका साथै उनको अभिव्यक्ति स्वतन्त्रताको वकालतले अन्य पूर्वी युरोपेली देशहरूमा प्रजातन्त्र समर्थक आन्दोलनहरूलाई बलियो बनायो। र, अन्ततः बर्लिनको पर्खाल ढालियो। र, शीतयुद्धको अन्त्य भयो।
– सन् १९८५- संसारको पहिलो इन्टरनेट डोमेन दर्ता
आजकै दिन विश्वको पहिलो डोमेन symbolics.com दर्ता गरिएको थियो। यो १५ मार्च १९८५ मा क्याम्ब्रिज, मासमा रहेको कम्प्युटर प्रणाली कम्पनी सिम्बोलिक्स इंकमा दर्ता भएको थियो। आज संसारभर १ अर्बभन्दा बढी डोमेनहरू छन्।
– सन् १९१७- रुसका अन्तिम सम्राटले त्यागे गद्दी
रुसका जार निकोलस द्वितीयले फेब्रुअरी क्रान्तिपछि १५ मार्चमा गद्दी त्यागेका थिए। उनको स्थानमा एक प्रान्तीय सरकार स्थापना गरिएको थियो। ताज लगाएका निकोलस न त प्रशिक्षित थिए, न शासनप्रति नै झुकाव राख्थे, जसले परिवर्तनका लागि हताश युगमा जोगाउन खोजेको निरंकुशतालाई मद्दत गरेन। पछि उनलाई उनको परिवार र उनका केही नोकरहरूसँगै मृत्युदण्ड दिइएको थियो।
– सन् १९७२- ‘द गडफादर’ चलचित्रको प्रिमियर
‘द गडफादर’ सन् १९७२ को अमेरिकी अपराध चलचित्र हो। फ्रान्सिस फोर्ड कोपोलाद्वारा निर्देशित यो चलचित्र मारियो पुजोले पटकथा लेखेका थिए। मारियो पुजोको उपन्यासमा आधारित ‘ग्याङ्स्टर’ चलचित्र अहिलेसम्मको सबैभन्दा चर्चित चलचित्र हो। १५ मार्च १९७२ मा यसको प्रिमियर गरिएको थियो।
– सन् २०१९- न्युजिल्यान्डमा आतंकवादी आक्रमण
सन् २०१९ मा आजकै दिन न्युजिल्यान्डको क्राइस्टचर्चमा आतंकवादी आक्रमण भएको थियो। त्यसमा परी ५१ जना मारिएका थिए भने ५० घाइते भएका थिए। त्यहाँका २ वटा मस्जिदमा एक दक्षिणपन्थी समूहले आक्रमण गरेको थियो।
– सन् २००४- पत्ता लाग्यो ‘सेडना’
सन् २००४ मा आजकै दिन वैज्ञानिकहरूले ‘सेडना ९०३७७’ नामक ड्वार्फ प्लानेट फेला परेको घोषणा गरेका थिए। यो एक ट्रान्स-नेप्च्युन वस्तु हो। यसले धेरै टाढाबाट वरुण ग्रहलाई परिक्रमा गर्छ। सेडना त्यतिबेलासम्म देखिएको सबैभन्दा टाढाको वस्तु थियो। र, यो हाम्रो सौर्य मण्डलको सबैभन्दा टाढा छ।