
डाेटी / डाेटी जिल्ला अस्पतालमा रहेकाे प्रयाेगशालामा आज विहिवार गरिएकाे परिक्षणमा ३४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।
प्रयाेगशालाले दिएकाे जानकारी अनुसार डाेटीका १७ र अछाम जिल्लाका १७ गरि ३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
डाेटीमा संक्रमण पुष्टि भएका १७ जना मध्ये शिखर नगरपालिका का ८ दिपायल सिलगढी नगरपालिकाका ५ र केआईसिँह गाउपालिकाका ४ जना रहेका छन् ।
कुल १ सय ७६ नमुना परिक्षण गरिएकाेमा ३४ पाेजेटिभ र एक सय ४२ जनाकाे नेगेटिभ रिपाेट आएकाे प्रयाेगशालाले जनाएकाे छ ।