कैलाली / कैलालीमा सवारी दुर्घटनामा २ जना घाइते भएका छन् ।आज करिव साढे १२ बजेकाे समयमा जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमाला पुल आसपास २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका–६ बस्ने दिवाकर जैशी र गौरीगंगा नगरपालिका–३ बस्ने अनिल बिक घाइते भएकाे कैलाली प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको जैसिले चलाएकाे से ३ प ८३३ नम्बरको मोटरसाइकल र बिपरि दिशाबाट आइरहेको चालक बिकले चलाएको से५ प ३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएकाे हाे ।
घाइते दुबै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











