
कास्की / कास्की केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको छ ।
कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको छ ।