सिलगढी / डाेटीमा माटोको ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएकाे छ ।
आज आइतबार जिल्लाकाे शिखर नगरपालिका ७ बयरकोट बस्ने ६० वर्षीय मन्धरी बलायरकाे माटाेकाे ढिस्काेमा पुरिएर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
१२ बजेको समयमा घर भन्दा १ कि.मि. टाढा रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्न गई पुरिदा उनकाे मृत भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको छ ।











