
शीर्षक :- “”बिगणेको दुनिया””
(डोटेली भाषामा)
क्वै क्वै ले जन खा तु आव असजी,यै नौकरी भन्नछन् ।
क्वै क्वै मान्छ भने सुदाइ रिसले,खाल्ली लकै कन्नछन् ।।
हेद्धा धैँ कसिछे सुदि झरिपरी,झिक्कै छ मौणे भनी ।
यिस्सी बात सुनाउना बसिबसी,अद्धा कुरेणी पनी ।।
।।१।।
रिस्काटा कतिका हुना घर घरै,मान्छे कसा छन् कसा ।
ठ्याक्कै बान्नरका बगाल बसने,जन्मे कसेरी तसा ।।
बर्ता जान्नछ रे कुरा लक भनी,माणान्त अद्धा छन ।
धैँ तक्दा कसरी बसू म यिसरी ,बेकार मद्धा छन ।।
।।२।।
कै लै तास न खेलने लुकि रने,कन्चूस भैग्यो भनी ।
कत्ती खर्च नमाइ लै न अरने,भन्ना घुमी फन्फनी ।।
रक्सी रे कुकुणा त ख्वा र लइ आ,छिट्टै कटा भन्नछन्।
बर्ता धर्म त मानने जन अरै,बानी हटा भन्नछन् ।।
।।३।।
अर्काखी रिसले सुदाइ तक धैँ,गुण्डा फुचेरा झन ।
चन्दा दे ! जति लै म खी भनि रने,रुप्पे जसेरी पन।।
खानै मुश्किल भै र खानु कसरी,यै देशकी नौकरी ।
जे मा लै झन आव आपत सुदी,पासो छ घाँटी भरी ।।
।।४।।
आफ्नी हाल भने तसीछ असजी,बच्चा कनै पाल्लखी।
काँ है ल्याउनु हो सदाइँ यिनुखी, पैसा इती फाल्लखी।
मान्ना आश अचम्म गाउँ घरमी,क्वै क्वै भने सज्जन ।
देख्दो राकसकी जसी मनपणी,बाँत्तु कसेरी भन ।।
।।५।।
क्वै सोद्धा निकरी कसो घरमुणो,नान्का र तिन्का भनी ।
थोक्कै छन् मनकी त बात बुझने,साँच्ची दयालू बनी।।
सम्रेणी कतिवै छ भित्र मनमी,माया लकै मान्नछु ।
भन्न्या लै चिनजानका कति जना,मैले लकै जान्नछु ।।
।।६।।
पैल्लीको धन धर्म आज उजण्यो,बिर्सेर सप्पै गए ।
के भै हो दुनिया यिसोइ सवखी,मान्छे फटाहा भए ।।
खिल्ली मात्र उणाउना गजवकी,झन् चालणी काट्टछन् ।
खाल्टामी सब पाणुला अब भनी,पासा कसा बाट्टछन् ।।
।।७।।
छाड्डै पड्डछ आव हामु सवले,सप्पै फुचेरा कुरा ।
बानी मी निकरी बिचार सपणे,पै मात्र होला पुरा ।।
कस्सैको अपमान लै जन अरौँ,सप्पै निका मान्नुछ ।
निक्कै काम अरे त झिक्क निकरी,निक्कै हुनो जान्नुछ ।।
।।८।।
डिल बहादुर महरा
मिति :-२०७७/०६/०१/५