कैलाली / कैलालीकाे गौरीगंगा नगरपालिका–१० उदासीपुरको सरस्वती सामुदायिक वन क्षेत्रबाट काठ र हतियार सामग्रीसहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।
कैलाली प्रहरीकाअनुसार मंगलबार बिहान पक्राउ पर्नेमा कैलारी गाउँपालिका–८ कृतिपुर बस्ने ५० वर्षीय महाविर चौधरी र ४० वर्षीय तेजराम चौधरी रहेका छन् ।
दुबै जनालाई भरुवा बन्दुक थान १, छर्रा १० वटा, केप ५ वटा, सानो प्लाष्टिकको डिब्बामा बारुद र २ वटा राँगासहित काठको डल्लबमा लोड गरेको अवस्थामा साल जातको २ वटा गोलिया (१९.०६ क्यू फिट) काठसहित नियन्त्रणमा लिएकाे हाे ।
काठ सव–डिभिजन वन कार्यालय उदासीपुरको जिम्मामा लगाएको र हतियारसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय मसुरियामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाको छ।











