कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
साेमबार से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ र
ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएकाे हाे ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।











