बैतडी / बैतडी जिल्लाकोे दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट घाइते भएका सुरेन्द्रको मृत्यु भएको हो।
शनिबार राति ८ बजेकाे समयमा सोही गाउँका करिब ४५ वर्षीय कर्ण विष्टले गोली प्रहारबाट गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतक सुरेन्द्र कर्णकाे गाउँकै भाइ नाता पर्छन् ।गोली प्रहार गर्ने कर्णबहादुर फरार भएका छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्राेतले जनाएको छ ।











