बैतडी / बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा साेही ठाउँ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्ट रहेकाे बैतडी प्रहरीले जनाएको छ ।
सनिबार राती ८ बजेकाे समयमा लेनदेनका विषयमा विवाद हुँदा स्थानीय ४० वर्षीय कर्णबहादुर बिष्टले सुरेन्द्रमाथि गोली प्रहार गरेकाे प्रहरीले जनाएको छ । ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।











