दार्चुला / दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा अवरुद्ध भएकाे सडक सुचारु भएको छ ।
शुक्रबार बिहानदेखि अबरुद्ध भएकाे सडक बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।
सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।











