डाेटी /डाेटीमा जेसिबी दुर्घटना हुँदा चालक सहित २ जना घाइते भएका छन् । जिल्लाकाे आदर्श गाउँपालिका १ बाँझ स्थित दिपायल-सायल भित्री सडकखण्डमा दुदिला कन्सट्रक्सन प्रा.ली. को बा. प्र. ०१ ००३ क ९१०३ नं. को जेसिबी दुर्घटना हुँदा साेही ठाउँका ३५ वर्षीय नरेश पार्की र बैतडीकाे शिवनाथ गाउँपालिका ३ २६ वर्षीय जगदिश कलौनी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
चालक नरेशको दुबै खुट्टा र टाउकोमा चोट लागेकाे छ । त्यस्तै
साेही कम्पनीका ओभरसियर जगदीशकाे दुबै खुट्टा र टाउकोमा चोट,
लागेकाे प्रहरीले जनाएको छ। घाइते द्वयकाे अवस्था मध्यम रहेकाे स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागी दिपायल तर्फ ल्याईएकाे छ ।
आज करिब ५ बजेकाे समयमा सडक मर्मत गर्ने क्रममा सडक किनारको पर्खाल भत्किएर सडक भाँसिदा जेसिबी दुर्घटना भएकाे हाे । दुर्घटनाग्रस्त जेसिबि सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।











