युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ, फागुन १३ गते । बझाङको उत्तरी भेगको एउटा दुर्गम गाउँ छ, जहाँ अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल बिरामी हुँदासम्म पनि गाउँमा कोहि बिरामी भयो की जटिबुटीको खोजी सुरु हुन्छ ।

तलकोट गाउँपालिका–३ को कृकिट्ने गाउँमा नत स्वास्थ्य चौकी छ । नत स्वास्थ्यकर्मी छन् । स्वास्थ्य उचारका लागि मान्छे बिरामी भयो की स्वास्थ्य चौकी भन्दा पनि जङ्गलमा जडीबुटी खोज्न जानु पर्ने कृकिट्टे गाउँवासीको रहर होइन बाध्यता हो । कृकिट्टे गाउँमा जम्मा १८ परिवारको मात्रै बसोवास रहेको छ ।

ज्वरो, पखाला, रुघाखोकी, आँउ आदी लागेको खण्डमा वन जङ्गलमा पाइने, लालीगुँरासको फुल, गनाल्दो, कटुकी, टिमुर पानी आदी खाएर उपचार गर्नुपर्ने अवस्था कृकिट्टे गाउँको रहेको स्थानीय बताउँछन् ।

घर परिवारमा कोहि बिरामी भएमा जडीबुटी गरेर नै ठिक पार्नु पर्छ । यदी स्वास्थ्यमा जटिल समस्या आएको खण्डमा मात्रै ४ घण्टाको जङ्गलको बाटो भएर वडा नम्बर ३ कै अर्को गाउँ रूपातोला सम्म पुग्नु पर्छ । गाउँमा एउटा स्टेचर सम्म पनी छैन । गाउँलेहरुले बिरामीलाई डोको काटेर पिठ्ठीउमा बोकेर नै स्वास्थ्य चौकीसम्म बोकेर लिनु पर्छ ।

पाँच वर्षअघि २०७६ सालमा तलकोट गाउँपालिकाको पहलमा एउटा सामान्य प्राथमिक स्वास्थ्य उपचार दिनका लागि टिनको टहरा निर्माण गरी कृकिट्टे स्वास्थ्य क्लिनिक स्थापना गरी उक्त क्लिनिकमा स्वास्थ्यका सामाग्रीहरू समेत उपलब्ध गराएको थियो । तर स्वास्थ्यकर्मी नभएकै कारण उक्त औषधी तथा उपकरण पनी सडेर खेर गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । गाउँलेहरूले हरेक महिनाको १८ गते स्वास्थ्यकर्मी गाउँमा आएर गाउँलेहरूको रेखदेख तथा औषधी उपचार सम्म गर्ने भन्ने निर्णय समेत गरेको थिए । तर उक्त कार्य गर्नु र नगर्नुको अर्थ नै भएन । बिरामी कती बेला हुन्छन् ? पत्तो हुँदैन । महिनाको १८ गते स्वास्थ्यकर्मी आए नआएको अर्थ नै नहुने यहाँका स्थानीयको भनाइ छ ।

यहाँका नागरीकहरूको आय आर्जनको स्रोत केहि पनि नभएका कारण आर्थिक रूपमा पनी कमजोर छन् । स्थानीय अस्मिता बोहराले भन्नुभयो, “सडक गाउँमा पुगेको छ । गाउँमा कोहि बिरामी भएर जीपलाई बोलाएर बुकिङ गर्नु परे १० हजारभन्दा बढी भाडा तिर्नु पर्छ । त्यत्रो रकम तिर्न सक्ने क्षमता गाउँमा कसैको पनि छैन । त्यसैले गाउँमा कोहि धेरै भैहाल्यो भने डोकोमा नै बोकेर स्वास्थ्य चौकीसम्म लिनु पर्ने बाध्यता यहाँको छ । यस विषयमा सबै जनप्रतिनिधी, कर्मचारी जानकार नै छन् । तर समस्या समाधानका लागि पहन सम्म गरेको पाईदैन ।

हामी दुखी गरिबहरूको समस्या कस्ले बुझि दिने ?”। उहाँ सँगै रहनुभएकी जुनादेवि बोहराले मत माग्दा खेरी गाउँमा पुग्ने जनप्रतिनिधीहरू पछि गाँउमा फर्केर समेत नहेर्ने गरेको गुनासो समेत सुनाउनुभयो ।

उहाँले एकोहोरो हुँदै भन्नुभयो, “गाउँमा स्वास्थ्यको मात्रै समस्या नभई खानेपानीको पनि हाहाकार हुन्छ । ताक्लाकोट सडक खण्ड कटान गर्ने ठेकेदारले पाइप दिएर खानेपानी खान पाएका छौं । त्यो पनि बिहान र बेलुकी मात्रै उपलब्ध हुन्छ । खानेपानी दुनिबन खोला बाट ल्याएका छौं । कहिले त सडकमा काम गर्नेहरू सडकमा नै पानी चाहिने भएका कारण पानी दिन नै मान्दैनन् । पहिला गाउँ नजिकै खानेपानीको मुहान थियो । अहिले सडकले उक्त मुहान पुर्ण रूपमा क्षती गरेका कारण खानेपानीको हाहाकार भएको हो । यो समस्याको समाधानका लागी बोली दिने मानिससम्म छैनन् । गाउँका सबै जान सोझा साझा छन् । आफ्नै खेतबारीमा उब्जाएको अन्न र काम र मजदुरी गरेर जीविका चलाउनु पर्ने अवस्था यस गाउँको छ । ”

यता तलकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नरजीत खड्काले उक्त गाउँ निकै दुर्गम रहेको बताउँदै यहाँका नागरीकहरूले रूपातोला आधारभुत स्वास्थ्य सेवा केन्द्र धाउनुपर्ने समस्या रहेको स्वीकार गर्नुभयो । त्यताबाट पनि ठिक नभएको खण्डमा यहाँका नागरिकहरू धमेना स्वास्थ्य चौकीमा पुग्नुपर्छ ।

भौगोलिक हिसाबले निकै दुर्गम भएका कारण गाउँघर क्लिनिक आफूहरूले चलाउँदै आएको समेत उहाँको भनाइ छ । यस्ता समस्याहरू आमा समुहको बैठकमा पनी छलफल गर्ने गरेको खड्काले बताउनुभयो । उहाँले इस्टेचर र अन्य समस्याका बारेमा आफूलाई जानकारी नआएको बताउँदै खड्काले उक्त गाउँमा स्टेचर उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

साथै उहाँले यस गाउँको समस्या समाधानका लागि पालिकामा छलफल गरी अघि बढ्ने बताउनुभयो ।  गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय